संघीयतासहितको संविधान निर्माण हुन्छ : आचार्य

काठमाण्डु टुडे २०७० चैत २५ गते १३:१२ मा प्रकाशित

भद्रपुर, २५ चैत – वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संरक्षणका लागि पहिचानसहितको सङ्घीयता भएको संविधान निर्माण गर्न दलहरू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन झापाको आठौँ जिल्ला अधिवेशनको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै उनले पत्रकारिता क्षेत्रलाई अझ मर्यादित, लोकतान्त्रिक र सामाजिक सुरक्षाको प्रत्याभूत दिने खालको बनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा मन्त्री आचार्यले खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्द क्षेत्री र कृष्ण हुमागाईलाई प्रदान गरे । पुरस्कारको राशि २५ हजार ५०० रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, एकीकृत नेकपा माओवादीका नेता झलकसिंह दर्लामी, अग्रज पत्रकार चन्द्र भण्डारी, पुरस्कृत कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटालगायतले जिल्ला अधिवेशनको सफलताको कामना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us