करेन्ट लागेर एकको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २५ गते १०:२७ मा प्रकाशित

electryनुवाकोट, २५ चैत – चारघरेका दूध बिक्रेता रामप्रसाद रिमालको करेन्ट लागेर निधन भएको छ ।

बिहान सदरमुकाममा दूध बेचेर फर्कने क्रममा चारघरे–५ पोखरीथोकका ५० वर्षीय रिमालको विदुर –८ माझीगाउँमा नेपाल विद्युत् प्राधिकरणको खम्बाबाट लत्रिएको अर्थफल्ट (अर्थिङ) तारमा आएको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

देवीघाट जलविद्युत् केन्द्रबाट सामरीतर्फ लगिएको तीन हजार ३०० केभी लाइनमा राखिएको अर्थिङ तार एक साताअघि छिनेपछि प्राधिकरणले चासो दिएको छैन ।

‘एक साताअघि नै तार छिनेको थियो, प्राधिकरणलाई खबर गर्दा दिएन, हिजो हुरीले सोही तार मेन लाइनमा छोएर करेन्ट आएको रहेछ” प्रत्यक्षदर्शी रामप्रसाद पौडलले भने ।

घटनास्थलमा स्थानीयवासीले क्षतिपूर्तिको निक्र्याेल नभएसम्म शव परीक्षणका लागि लैजान नदिने भन्दै घेरेर राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us