पार्टीको नाम फेर्दै राप्रपा नेपाल

काठमाण्डु टुडे २०७० चैत २६ गते १:२९ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, २६ चैत – राप्रपा नेपालले पार्टीको नाम फेर्ने भएको छ ।

पार्टीको आगामी महाधिवेशनबाट नाम फेर्न गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।

संविधानसभा निर्वाचनपछि चौथो पार्टी बनेको राप्रपा नेपालले अगामी २,३, र ४ जेठमा आफ्नो पहिलो महाधिवेशन गर्दै छ ।

महाधिवेशनले राप्रपाबाट टुक्रिएको छाप हटाउन र अन्य दलको नेता कार्यकर्तालाई पनि भित्रयाउने वातावरण बनाउन नाम फेर्न लागेको नेताहरुको भनाई छ ।

‘राप्रपा नेपाल राप्रपाबाट फुटेको पार्टी हो भन्ने छाप अझै पनि परेको छ ।

यो छापलाई मेटाउन र अन्य दलका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन पार्टीको नाम फेर्ने तयारी भएको छ । ’

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ्गले बताए ।

उनले भने पार्टीक शुभेच्छुकबाट पनि नाम फेर्न दवाव आएको छ ।

पार्टीलाई राष्ट्रबादी, प्रजातान्त्रिक बिचारधारा, परम्परागत मूल्य र मान्यता र धर्म संस्कृतिमा प्रतिवद्ध साझा मञ्च बनाउन पार्टीको नाम फेर्नुपर्ने सुझाव शुभेच्छुकहरुको रहेको गुरुङ्गले बताए ।

नाम के राख्ने भन्ने बिषयमा सार्वजनिक रुपमा सुझाव संकलन गर्ने तयारीमा राप्रपा नेपाल रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us