
बनेपा, २५ चैत – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम मंगलबार काभ्रेको उग्रतारा गाविस–६ सिनागालमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएका छन् ।
गौतम समाज काभ्रेले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा उनले धर्म जुनसुकै अवलम्बन गरेको भएपनि मानवले बाँच्न पाउनुपर्ने बताए ।
देशलाई एकीकरण गर्न गौतमका पुर्खाले योगदान गरेको उल्लेख गर्दै सबैलाई आजको युग सुहाउँदो योगदान र व्यवहार गर्न उनको आग्रह छ ।
गृहमन्त्री गौतमले धर्म जे भए पनि सबैभन्दा ठूलो पहिचान नेपाली नै हो, भने ।
सो अवसरमा उनले गौतम समाजले निर्माण गर्न लागेको मन्दिरको समेत अवलोकन गरेका थिए ।