
काठमाण्डु, २६ चैत – सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धी विधेयक तयार पार्न प्रमुख तीन दलबाट गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
काुनन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा मंगलवार बसेको कार्यदल बैठकमा सहमति हुन नसकेपछि बैठक आज बस्न लागेको हो । बैठकमा मस्यौदामा रहेका विवादमाथि सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् ।
व्यवस्थापीका संसदमा विधेयक पेश हुन कम्तीमा पनि दुई दिन आबश्यक हुन्छ । सर्वोच्च अदालतले गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई आममाफी दिनेगरी विधेयक नल्याउने भनेपछि दलहरुबीच विवाद सुरु भएको हो ।
सत्य निरुपण तथा मेलमिलाप छानविन आयोगले द्धन्द्धकालमा भएका घटनामा अनुसन्धान गर्ने र सत्य अन्वेषण गर्ने भूमिका हुनेछ । प्रमुख तीन दलका शीर्ष नेताबीच आयोगमा सैदान्तिक सहमति भएको थियो । तीन दलले विधेयकको भाषा मिलाउने जिम्मा कार्यदललाई दिए पनि बैठकमा सहमति हुन नसकेको हो ।