पार्टीका शीर्ष नेता नै लागे क्रान्तिकारीमा सहमति जुटाउन

काठमाण्डु टुडे २०७० चैत २६ गते ३:०२ मा प्रकाशित

akhil-krantikari-flag1_20130519042531काठमाण्डु, २६ चैत – अनेरास्ववियु क्रान्तिकारीको १९ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज सहमतिको प्रयास हुँदैछ ।
एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहित अध्यक्ष लगायत पदाधिकारीका आकांक्षीहरुको छलफल हुन लागेको हो ।

सहमतिका लाग छलफल हुने र सहमति नभए चुनावी प्रकृयामा जाने अध्यक्ष पदका उम्मेदवार जागृत रायमाझीले बताए ।

मंगलबार नयाँ नेतृत्व चयनका लागि चुनाव हुने तय गरिएपनि अन्तिम समयमा मतदान प्रकृया रोकिएको थियो । अध्यक्षका लागि रमेश मल्ल र जागृत रायमाझीले दाबी गरेका छन् ।

उपाध्यक्ष , महासचिव र सचिवका लागि पनि धेरै आकांक्षी देखिएका छन् ।

क्रान्तिकारीको १ सय ५१ सदस्यीय कार्यसमिति मध्ये सम्मेलनले १ सय ३७ सदस्य निर्वाचित गर्नेछ भने बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

गएको २१ गते त्रिभुवन विश्वविद्यालयमा महाधिवेशन उद्घाटन भएको हो । मंगलबार सकिने भएपनि महाधिवेशन लम्बिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us