वैशाख दोस्रो सातासम्म सबै विद्यालयमा पाठ्यपुस्तक : शिक्षा मन्त्री

काठमाण्डु टुडे २०७० चैत २५ गते १२:४६ मा प्रकाशित

चितवन, २५ चैत – शिक्षामन्त्री चित्रलेखा यादवले पाठ्यपुस्तक वितरणका लागि तदारुकताका साथ काम भइरहेकोे बताएकी छिन् ।

प्रेस युनियन चितवनले मंगलबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वैशाखको दोस्रो साताभित्र देशका सबै विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पु¥याउने लक्ष्यका साथ मन्त्रालयले तयारी गरिरहेको बताए ।

आठ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको बताउँदै उहा“ले बा“की जिल्लामा आवश्यक पुस्तक वैशाखको दोस्रो साताभित्र पुग्ने दाबी गरे ।

मन्त्री यादवले शिक्षा मन्त्रालयमा देखिएका समस्याहरूको विषयमा आफूले जनअपेक्षा र आकाङ्क्षानुसार काम गर्ने बताउनुभयो । शिक्षक दरबन्दी मिलानका विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भइरहेको उनको भनाइ थियो ।

एक फरक प्रसङ्गमा उनले अहिलेको सरकार निर्धारित समयावधिभित्रै संविधान जारी गर्न क्रियाशील रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us