
गोरखा, २५ चैत– गोरखामा सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।
विद्युत्का अधिकांश पोल कच्ची रहेका कारण ठाउँठाउँमा पोल ढल्न जाँदा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गोरखाका प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए ।
विद्युत् नआउँदा यहाँबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन् । विद्युत् जानासाथै बन्द हुने रेडियोहरु सोमबारदेखि नै बन्द भएका छन् । बिग्रिएका स्थानको खोजी भइरहेको आचार्यको भनाइ छ । रासस