सत्यनिरुपण तथा मेलमिलाप आयोग विवाद समाधान हुन्छ : मन्त्री रिजाल

काठमाण्डु टुडे २०७० चैत २६ गते १०:१२ मा प्रकाशित

minendra-rijalविराटनगर, २६ चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने विषयमा देखिएको विमतिलाई राजनीतिक दलहरुको सहमतिमा समाधान गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले लामो प्रतिक्षामा रहेको सो आयोग गठनको विषयमा राजनीतिक दलबीच बहस र छलफल भइरहेको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मान्यता प्राप्त हुने किसिमले सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा विधेयक ल्याउन लागेको उनले स्पष्ट पारे ।

मन्त्री डा रिजालले संविधानसभाको उपनिर्वाचनसँगसँगै स्थानीय निकायको निर्वाचन यथासक्य चाँडो गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।

संवैधानिक रिक्तता तथा संविधानसभामा मनोनित हुने २६ जना सभासद्को पनि चाँडै नै बहाली हुने जानकारी सरकारका प्रवक्तासमेत रहको मन्त्री रिजालले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us