तोकिएकै समयमा संविधान जारी हुने प्रधानमन्त्रीको दावी

काठमाण्डु टुडे २०७० चैत २६ गते ४:४२ मा प्रकाशित

sushilकाठमाण्डु, २६ चैत – आज चैत २६, जनआन्दोलन दिवस । दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् ।
२०४६ साल सम्म निरङ्कुश शासक रहेका पञ्चायती राजाहरुसँग अधिकार लिन सफल भएको सम्झनामा दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि जनआन्दोलन दिबस मनाउँदैछन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणामार्फत् मुलुकको शासन सत्ता आङ्खनो हातमा लिएपछि २०६२ सालमा सात दलले चैत २६ गतेदेखि नै निर्णायक आन्दोलन सुरुवात गरेका थिए ।
निरङ्कुश पञ्चायतविरुद्ध तत्कालीन नेपाली काँग्रेस र संयुक्त वाममोर्चाका नेताहरुले फागुन ७ गतेदेखि शुरु गरेको आन्दोलन २६ गते राती तत्कालीन राजा वीरेन्द्र शाहसँग सम्झौता गरेका थिए ।
यसैबीच जनआन्दोलन दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना व्यक्त गर्दै १ वर्ष भित्र संविधान निर्माण हुने बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रिया अघि बढेकाले संविधान निर्माण हुनेमा आशंका नगर्न सबैसँग आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us