समाचार

पन्ध्र गाविसका एउटै सचिव

२०७० चैत २८ गते १:५०

कालीकोट, २८ चैत–घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा एउटै सचिवले १५ गाविस हेर्नु परेको छ । कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा...

जनताको काम छिटो गरिदिन उपराष्ट्रपतिको आग्रह

२०७० चैत २७ गते १३:४२

सप्तरी, २७ चैत – उपराष्ट्रपति परमानन्द झाले जनताको काम छिटो छरितो र सर्वसुलभ ढङ्गबाट गरिदिन सरकारी कार्यालय प्रमुखहरुसँग आग्रह गरेका छन् । दुई दिनदेखि गृह जिल्ला सप्तरीमा रहेका उपराष्ट्रपति झाले बिहीबार प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा जिल्लाको विकास...

मोरङका ८८ उम्मेदवारले खर्च विवरण बुझाएनन्

२०७० चैत २७ गते १३:१५

विराटनगर, २७ चैत – दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको पाँच महिना बित्न लाग्दा पनि मोरङ निर्वाचन क्षेत्रका ६८ उम्मेदवारले निर्वाचन खर्च विवरण नपठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा २७० जनाले उम्मेदवारी दिएका थिए ,जसमा स्वतन्त्र २६ जना र...

हिमाललाई नेतृत्व दिँदा एमाओवादीमा नयाँ विवाद

२०७० चैत २७ गते १२:०५

काठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीमा देखिएको विवाद हिमाल शर्मालाई नै पुनः नेतृत्व दिएर मिलाएपछि एमाओवादीभित्र नयाँ विवाद जन्मिएको छ । हेर्डक्वार्टर बैठकमा शर्मालाई नै अध्यक्ष निर्वाचित गर्न सहमत भएका पार्टी नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेर निर्णयप्रति ‘नोट...

हिमाल भन्छन्, ‘रहर होइन बाध्यताको जिम्मेवारी’

२०७० चैत २७ गते ११:५४

काठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पुनः संगठनको नेतृत्व गर्ने जिम्मेवारी रहर नभएर बाध्यताको उपज भएको बताएका छन् । अध्यक्षमा पुनः निर्वाचित भएपछि काठमाण्डु टुडेसँग कुरा गर्दै उनले विशेष परिस्थितिका कारण आफूले पुनः नेतृत्व सम्हालेको बताए । ‘फेरि अध्यक्ष बन्ने मेरो...

अखिल क्रान्तिकारीको अध्यक्षमा पुनः शर्मा निर्वाचित

२०७० चैत २७ गते १०:५०

काठमाण्डु, २७ चैत – पुनः हिमाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अनेरास्ववियु क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । किर्तिपुरमा ६ दिनसम्म चलेको सम्मेलनले यसअघिकै नेतृत्व र २५ सदस्यीय पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको हो । यस्तै यसअघिको २ सय ७१ सदस्यीय...

आगलागीबाट गाउँनै खरानी, बालिकाको मृत्यु

२०७० चैत २७ गते १०:३८

काठमाण्डु, २७ चैत – बिहीबार दिउँसो भएको भिषण आगलागीका कारण सप्तरीको जमुनिमधेपुरा गाउँ विकास समिति वडा नं. ६ स्थित थल्ही गाउँका ५ दर्जन बढी घर खरानी भएका छन् । आगलागीमा परी स्थानीय अढाई बर्षीय बालिकाको समेत जलेर मृत्यु भएको छ । अन्य दुईजना बच्चा...

निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलन घोषणा

२०७० चैत २७ गते १०:२२

काठमाण्डु, २७ चैत – नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिकसत्रको सुरुआतसँगै निजी विद्यालयले विभिन्न नाममा विद्यार्थीमाथि चर्को शुल्क वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । संगठनद्वारा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले निजी शिक्षण संस्थाकातर्फबाट हालै गरिएको शुल्क वृद्धिको निर्णयलाई सर्वोच्च...

शिक्षामन्त्रीलाई अपाङ्गता भएका व्यक्तिको ज्ञापनपत्र

२०७० चैत २७ गते १०:१९

काठमाण्डु, २७ चैत – अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी आज शिक्षा मन्त्री चित्रलेखा यादवलाई आठबुँदे ज्ञापनपत्र बुझाएका छन् । विद्यालय तथा सम्पूर्ण विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री शौचालय, लिफ्ट, प्रवेशद्वार र कक्षाकोठा बनाइनुपर्ने र अपाङ्गता अनुकूलको भौतिक संरचना भएको आवासीय शिक्षाको व्यवस्था...

मागको सुनुवाइ नभएपछि आमरण अनशनको चेतावनी

२०७० चैत २७ गते १०:०६

काठमाण्डु, २७ चैत – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले सत्रबुँदे माग राख्दै संघर्षरत रहे पनि मागको सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरेको छ । गत फागुन १ गतेदेखि संघको अगुवाइमा चरणबद्ध आन्दोलन गर्दै आएकामा समस्याको समाधानभन्दा पनि विश्वविद्यालय प्रशासन त्यसबाट भाग्न खोजेको आरोप संघले लगाएको छ...

१६ जना सचिवको सरुवा तथा पदस्थापन

२०७० चैत २७ गते ८:४८

काठमाण्डु, २७ चैत – सरकारले १६ जना सचिवहरुको सरुवा तथा पदास्थापन गरेको छ । सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बढुवा भएका केही सचिवको पदस्थापन र केहीको सरुवा गरेको हो । वैठकले मन्त्रिपरिषदको कार्यालयको सचिवमा दुर्गानिधि शर्मालाई ल्याएको छ भने गृहमा सूर्य सिलवाल र अर्थमा...

युवा नीतिलाई परिमार्जन गर्नुपर्छ : मन्त्री पौडेल

२०७० चैत २७ गते ८:०१

काठमाण्डु, २७ चैत – युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले युवा नीतिलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । युवा गैरसरकारी संस्था महासंघद्वारा विहीबार राजधानीमा आयोजित ‘युवा स्वरोजगार कोषको अवसर र चुनौती’ विषयका कार्यक्रममा उनले युवाको समस्या पहिचान गरी सम्बोधन गर्ने नीति बनाउनुपर्ने आवश्यकता औंल्याए । युवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us