हिमाललाई नेतृत्व दिँदा एमाओवादीमा नयाँ विवाद

काठमाण्डु टुडे २०७० चैत २७ गते १२:०५ मा प्रकाशित

maoist-flagकाठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीमा देखिएको विवाद हिमाल शर्मालाई नै पुनः नेतृत्व दिएर मिलाएपछि एमाओवादीभित्र नयाँ विवाद जन्मिएको छ ।

हेर्डक्वार्टर बैठकमा शर्मालाई नै अध्यक्ष निर्वाचित गर्न सहमत भएका पार्टी नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेर निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ जनाएका छन् ।

जागृत रायमाझीलाई अध्यक्ष र डिबी तामाङलाई महासचिव बनाउनु पर्ने अडानमा रहेका भट्टराई र श्रेष्ठले तीन महिनाका लागि शर्मालाई नै निरन्तरता दिने निर्णयप्रति अशन्तुष्टि जनाएका हुन् ।

रायमाझी श्रेष्ठ र तामाङ भट्टराई निकट मानिन्छन् । यद्यपी बुधबार बसेको हेर्डक्वार्टर बैठकमा दुबै नेता शर्मालाई निरन्तरता दिन सहमत भएका थिए ।

सहमति र निर्वाचन दुबै हुन नसकेकाले बुधबार एमाओवादी हेर्डक्वार्टरले शर्मालाई निरन्तरता दिने निर्णय गरेको थियो । हेर्डक्वार्टरकै निर्णय मान्दै बिहीबार सम्मेलनले पुनः शर्मालाई ३ महिनाका लागि अध्यक्षमा निर्वाचित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us