शिक्षामन्त्रीलाई अपाङ्गता भएका व्यक्तिको ज्ञापनपत्र

काठमाण्डु टुडे २०७० चैत २७ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, २७ चैत – अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी आज शिक्षा मन्त्री चित्रलेखा यादवलाई आठबुँदे ज्ञापनपत्र बुझाएका छन् ।

विद्यालय तथा सम्पूर्ण विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री शौचालय, लिफ्ट, प्रवेशद्वार र कक्षाकोठा बनाइनुपर्ने र अपाङ्गता अनुकूलको भौतिक संरचना भएको आवासीय शिक्षाको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवनपद्धति केन्द्रको अगुवाइमा सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।

सोही अवसरमा मन्त्री यादवले अपाङ्गता भएका व्यक्तिले उठाएका जायज माग पूरा गराउनका निमित्त आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई समान अवसर दिनुपर्ने, निःशुल्क शिक्षाको व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने र अपाङ्गता भएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाद्वारा स्थायी गरिनुपर्ने लगायत मागसमेत राखेको छ ।

केन्द्रले आजै भौतिक पूर्वाधार तथा यातायात र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us