मोबाइल चार्जको करेन्टले किशोरको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २७ गते ४:२५ मा प्रकाशित

गोरखा, २७ चैत – आरुपोखरी–१ मा गएराति मोबाइल चार्ज गर्ने क्रममा १९ वर्षीय किशोरको मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्नेक्रममा सुकबहादुर परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

सुकबहादुरको शव शवपरीक्षणका लागि लगेको आरुघाटका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us