फुटपाथ व्यवसायीद्वारा एमाले कार्यालय घेराउ

काठमाण्डु टुडे २०७० चैत २७ गते ७:१६ मा प्रकाशित

balkhuकाठमाण्डु, २७ चैत – नेपाल स्वरोजगार व्यापार श्रमिक संघले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय विहीबार घेराउ गरेको छ । सो संघले सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै आएको छ ।

व्यवसायीले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका कार्यालयमा घेराउ गर्दै आएका छन् । सडकपेटीमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न असहज भई समस्या आएको भन्दै सरकारले गत फागुन १४ देखि सो व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी संगठन नेपाल आबद्ध श्रमिक एकताबद्ध भई पहिलो चरणको आन्दोलन गरेका थिए ।

व्यवसायीले कलङ्कीमा जम्मा भई पदयात्रासहित सो कार्यालय आई घेराउ गरेका थिए । घेराउका क्रममा सो आसपास क्षेत्रमा सवारी साधन आवतजावतमा अवरोध पुगेको थियो ।

स्वरोजगार व्यापार श्रमिक संघका महासचिव माया गुरुङले स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गरी व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us