संसदीय सुनुवाई समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७० चैत २७ गते १:४१ मा प्रकाशित

काठमाण्डु, २७ चैत –प्रधानन्यायाधीश नियुक्तीबारे छलफल गर्न ससदीय सुनुवाई समितिको बैठक आज बस्दैछ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध परेका उजुरीको विषयमा बैठकमा छलफल हुने समितिका सदस्यहरुले बताएका छन् ।
शर्माविरुद्ध अदालतमा आफ्ना मान्छे नियुक्त गरेको र आश्रमको नाममा रकम उठाएको आरोप छ ।
आज शर्मा बिरुद्ध परेका उजुरीमा छलफल भएपछि समितिले प्रधानन्यायाधीश नियुक्तीका लागि सरकारलाई सिफासिस गर्नेछ ।

यस अघि हिजो बसेको समितिको बैठक सुनुवाईको कार्यविधिमा नै टुङ्गो नलागेका कारण स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us