टिभी पसलभित्र ६ किलो सुन भेटियो

काठमाण्डु टुडे २०७० चैत २७ गते १:३० मा प्रकाशित

काठमाण्डु, २७ चैत –इलेक्ट्रोनिक्स सामान व्यापारको आवरणमा सुनचाँदीको तस्करीमा संलग्न जनकपुरका बलराम गुप्तालाई प्रहरीले पक्रेको छ ।

प्रहरीले उनको पसलमा छापा मारी सात करोड भन्दा बढी मूल्यबराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले जनकचोक तथा शिवचोकको बीचमा रहेको गुप्ताको पसलमा छापा मारी विभिन्न सामान बरामद गरेको हो ।

पसलमा सामसुङ तथा एलजी कम्पनीका टिभीलगायतका सामान देखिए पनि गुप्ताले बर्षौदेखि अवैध रुपमा सुनचाँदीको कारोवार गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले घ र पसलबाट ६ किलो सुन, तीन सय ९० किलो चाँदी, बरामद गरेको छ ।

प्रहरीले बलराम र उनका सहयोगी सन्तोष साहलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us