शर्माको सुनुवाई अन्योलमा

काठमाण्डु टुडे २०७० चैत २६ गते १२:४५ मा प्रकाशित

Damodar-Prasad-Sharmaकाठमाण्डु, २६ चैत – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध परेका उजुरीको विषयमा बुधबार पनि संसदीय सुनुवाई समितिमा छलफल हुन सकेन ।

समितिको बैठक बुधबारका लागि बोलाइएको भएपनि सुनुवाईको कार्यविधिमा नै टुङ्गो नलागेका कारण सुनुवाई हुन नसकेको हो ।

संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार आजको बैठकमा सुनुवाईको कार्यविधिकै विषयमा सभासद्हरुले छलफल गरेपनि निष्कर्षमा नपुगेपछि बिहीबार पुनः बैठक बोलाइएको छ ।

शर्माविरुद्ध अदालतमा आफ्ना मान्छे नियुक्त गरेको र आश्रमको नाममा रकम उठाएको आरोप छ । उनको सम्बन्धमा सुनुवाई गरिने भनेर कार्यसूची दोस्रो पटक बुधबारका लागि तय गरिएपनि अन्तिममा आएर स्थगित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us