
गोरखा, २७ चैत– जिल्ला हुलाक कार्यालय गोरखा चार महिनादेखि फोन सेवाविहीन भएको छ ।
जिल्लाभित्र र बाहिर चिट्ठीपत्र आदान गर्ने र अरूलाई सञ्चार सेवा प्रदान गर्ने कार्यालयमा फोनसेवा नहुनुको कारण महसुलसँग जोडिएको छ । कार्यालयको फोनको बिल १४ हजार तिर्न बाँकी रहेका कारण टेलिकम गोरखा शाखाले लाइन काटेको हो
कार्यालयमा फोन नभएपछि मोबाइल प्रयोग गरेर सञ्चारका काम गर्नुपरेको कर्मचारीहरुले बताएका छन् । दैनिक सयभन्दा बढी अफिसको काममा खर्च हुन्छ अफिसको फोनले काम गर्दैन ।
कार्यालयका प्रमुख नायव सुब्बा सुधीरकुमार यादवले फोनको बिल भुक्तानीका लागि विभागसँग माग गरिएको बताउनुभयो । रासस