राप्रपा नेपालको महाधिवेशन जेठ १० देखि

काठमाण्डु टुडे २०७० चैत २६ गते १३:३६ मा प्रकाशित

Rppn.jpgकाठमाण्डु, २६ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम केन्द्रीय महाधिवेशन आउँदो जेठ १० देखि १३ गतेसम्म काठमाण्डुमा हुने भएको छ ।

महाधिवेशनको उद्घाटन खुलामञ्च तथा बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले महाधिवेशनमा ७५ जिल्लाका करिब दुई हजार २०० प्रतिनिधि र ३०० पर्यवेक्षकको सहभागिता रहने जानकारी दिए ।

उनले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट प्रक्रिया सुरु भइसकेको बताउँदै आगामी वैशाख १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न तथा वैशाख मसान्तसम्म सम्पूर्ण प्रतिनिधिको नामावली केन्द्रमा पठाई सक्न जिल्लालाई निर्देशन दिए ।

महाधिवेशनले पार्टीको भावी कार्यदिशासम्बन्धी कार्यपत्र तथा विधान संशोधन र पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

यसअघि, पार्टी अध्यक्ष थापाको अध्यक्षतामा केन्द्रीय मूल समारोह समिति र २१ वटा उपसमिति समेत गठन भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us