
बनेपा, २९ चैत – अरनिको राजमार्गस्थित काभ्रेको भुम्लुटार गाविस–६ बाट प्रहरीले शनिबार दुई फिट लम्बाइका ११ थान रक्तचन्दनका गोलिया बरामद गरेको छ ।
काठमाण्डुबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जाँदै गरेको ना २ ख ३३७७ नम्बरको बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको रक्तचन्दन बरामद गरिएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिए ।
पाँचखाल प्रहरीका अनुसार जाँच गर्न नदिई भागेको बसलाई पिछा गर्दै भुम्लुटार गाविसमा नियन्त्रणमा लिन सफल भएको थियो ।