ललितपुर, २९ चैत – उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आगामी कार्यसूची एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु रहेको बताएका छन् ।
गणेशमान सिंह केन्द्रद्वारा शनिबार ललितपुरमा आयोजित ‘राजनीति र गणेशमान सिंह’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले स्थानीय स्वायत्त शासन ऐनको केही बुँदाहरु संशोधन गरी स्थानीय निकायको निर्वाचन गरिनुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले अघिल्लो संविधानसभामा रहेका ११ वटा विषयगत समितिले तयार पारेका दस्तावेजलाई वर्तमान संविधानसभाले ग्रहण गर्दै एक वर्षभित्रै नेपाली जनतालाई संविधान दिनुपर्नेमा जोड दिए ।
स्व लौहपुरुष गणेशमान सिंहको विचार, त्याग र योगदानलाई नेपालका राजनीतिक दलहरुले अनुसरण गर्न सकेमा आदर्शको राजनीति हुनसक्ने चर्चा गर्दै उनले आर्थिक र सामाजिक परिवर्तनका लागि सरकारले उचित भूमिका खेल्ने बताए ।
राणा शासनको अन्त्यका लागि जेलबाट भागेको स्मरण गर्दै जनताको आवाज सुन्न र बुझ्नसक्ने एकमात्र व्यक्तित्व गणेशमान भएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको काम अघि बढेमात्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताए ।
पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले स्व गणेशमानको चरित्रलाई अङ्गीकार गर्दै अगाडि बढ्न सकेमा नेपाली राजनीति सफल हुने बर्ता र
यसैगरी सभासद् चन्द्र महर्जनले आर्थिक क्रान्तिले मात्र देश विकास हुने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए ।
केन्द्रका सल्लाहकारद्वय एवम् पूर्व सभासद् रामकृष्ण चित्रकार र प्रदीप पौडेलले सांस्कृतिक एवम् सामाजिक रुपान्तरमा जोड दिँदै स्व गणेशमान सिंहका बारेमा वृत्तचित्र तयार गर्दै गरेको बताए ।
केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले गणेशमान सिंहले लिएका विचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन नै संस्थाको स्थापना भएको बताए ।
केन्द्रको संरक्षक रहनुभएका उपप्रधानमन्त्री सिंहलाई संस्थाबाट सम्मान गरिएको थियो ।