कम्युनिष्टहरु जनताबाट अलग्निे अवस्था आयो : भट्टराई

काठमाण्डु टुडे २०७० चैत २९ गते १३:१५ मा प्रकाशित

baburam_250काठमाण्डु, २९ चैत – एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुको कार्यशैली र आचरणका कारण कम्युनिष्टहरु जनताबाट अलग्गिने अवस्थामा पुगेको बताएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेतृत्व प्रणाली, कार्यशैली र आचरणमा सुधार नआएकाले कम्युनिष्ट भन्न पनि लाग लाग्ने अवस्था आएको बताएका हुन् ।

यब यही ढंगले अघि बढ्न नसकिने भन्दै उनले नयाँ शक्तिको रुपमा रुपान्तरित भएर अघि बढ्नु पर्ने बताए ।

नयाँ शक्ति निर्माणको प्रस्ताव औपचारिकरुपमा पार्टीमा राख्ने उनको भनाइ छ ।

माओवादी विशेष महाधिवेशन गर्ने निष्कर्षमा पुगिसकेको भन्दै भट्टराईले पार्टीभित्र र बाहिर बहस चलाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us