चौतारीले महासंघमा उठाउने उम्मेदवारको टुंगो लगाउँदै

काठमाण्डु टुडे २०७० चैत २९ गते २:२७ मा प्रकाशित

fnj logoकाठमाण्डु, २९ चैत –नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनमा आफ्नो भूमिकाका बारेमा छलफल गर्न प्रेस चौतारी नेपालले आज काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ ।

चौतारीका महासचिव माधव नेपालका अनुसार भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला अध्यक्ष र सचिव, चौतारी निकट महासङ्घका केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्ष गरी करिब ५ सयको सहभागिता रहने छ ।

भेलामा महासङ्घका लागि उम्मेदवार तय तथा अन्य पक्षसँग वार्ता गर्ने बिषयमा पनि छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us