नेपाल–पाकिस्तान सम्बन्धमा उपसभामुखको जोड

काठमाण्डु टुडे २०७० चैत २९ गते ७:५२ मा प्रकाशित

Flag-Pins-Nepal-Pakistanकाठमाण्डु, २९ चैत – नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा शनिबार राजधानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभामुख ओमसरी घर्तीमगरले नेपाल–पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५४ वर्षको अवधिमा आर्थिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पाकिस्तानले पु¥याएको योगदान प्रशंसनीय रहेको बताईन् ।

उनले पाकिस्तान नेपालको एक असल छिमेकी राष्ट्र रहेको र दुई देशबीचको सुमधुर सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिईन् ।
सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अर्साद साउद खोसाले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै जनस्तर विस्तार गर्न यस्ता स्वास्थ्य शिविरहरु पनि प्रभावकारी हुने उल्लेख गरे ।

नेकपा मालेका महासचिव सिपी मैनालीले पाकिस्तान नेपालको एक घनिष्ठ र भरपर्दो छिमेकी राष्ट्र रहेको बताउँदै नेपालले अब निर्धारित समयमै नयाँ संविधान प्राप्त गरी राजनीतिक स्थिरता र आर्थिक समृद्धि प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष हिमालयशम्सेर राणाले पाकिस्तानबाट हालसम्म ६०० भन्दा बढी चिकित्सक, २०० भन्दा बढी इन्जिनियरलगायत नेपाली दक्ष जनशक्तिले उच्च शिक्षा हासिल गर्न सकेको जानकारी दिए ।

संघका महासचिव मन्जुरत्न शाक्यले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरेका चिकित्सकहरुको सहभागितामा पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरु गरी दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गरिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us