खनाल भन्छन्, ‘काँग्रेस भोट किनेर ठूलो बन्यो’

काठमाण्डु टुडे २०७० चैत २९ गते ७:४७ मा प्रकाशित

JN_khanal1काठमाण्डु, २९ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले काँग्रे भोट किनेर पहिलो ठूलो दल बनेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालको राष्ट्रिय भेलाको शनिबार ललितपुरमा उद्घाटन गर्दै खनालले काँग्रेसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताको भोट पैसामा किनेकाले आफूहरु दोस्रो दलमा खुम्चिएको बताए ।

वैद्य माओवादीका कार्यकर्ताले पैसामा भोट बेचेको खनालको आरोप छ ।

साथै अर्काे फरक प्रसङ्गमा खनालले सबै दलहरु एकजुट भएर लागिपरे १ वर्षभित्रै संविधान जारी हुने दावी गरे । मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सिटमा पत्रकारलाई पनि समेट्ने उनको आश्वासन छ ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले काँग्रेसले परिवर्तन नचाहेकाले एक वर्षमा संविधान निर्माणको काम चुनौतीपूर्ण रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us