ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २९ गते ७:१३ मा प्रकाशित

अर्घाखाँची, २९ चैत – सडक निर्माण गर्ने क्रममा अर्घाखाँचीको ठाडामा शनिबार भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।

सितापुरबाट सडक निर्माणका लागि सडक कालोपत्रे गर्ने अलकत्रा लिएर जाँदै गरेको लु२त ८८९८ नम्बरको ट्याक्टर ठाडा–२ रिपाहामा दुर्घटना हुँदा दाङ जिल्ला गोबरडिहा–१ का ३१ वर्षीय रामु बोटेको मृत्यु भएको स्थानीय लेखनाथ पौडेलले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक बोटेको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us