वनस्पतिको पहिचान गर्न प्रधानमन्त्रीको जोड

काठमाण्डु टुडे २०७० चैत २९ गते ३:१७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २९ चैत – विनस्पति विभागको वार्षिकोत्सवको अवसरमा आज १५ औं वनस्पति दिवस मनाईंदैछ ।

वनस्पतिको अभिवृद्धि, जीवनको समृद्धि भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा वनस्पति संरक्षण तथा सदुपयोगको विषयमा चेतनामुलक कार्यक्रम हुँदैछन् ।

भौगोलिक, जैविक र पर्यावरणीय विविधताले धनी नेपाल वनस्पति श्रोतमा पनि समृद्ध मानिन्छ । देशमा झण्डै सातहजार प्रजातिका वनस्पति पाइने अनुमान छ ।

वनस्पति विभागले पाँचहजार ६ सय ३६ प्रजातिका फूल फुल्ने वनस्पतिको अभिलेखिकरण गरेको छ । देशका बिभिन्न ठाउँमा बहुमूल्य जडिबुटी पाइने भएपनि यसको पहिचान, संरक्षण र उपयोग हुन सकेको छैन ।

दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री सुशील कोइरालाले यस्ता वनस्पतिको पहिचान र संरक्षण गर्दै व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कोइरालाले यस्ता वनस्पति अर्थात जडिबुटीको प्रशोधन कारखाना खोलेर औषधि निर्यात गरी मुलुकलाई समृद्ध बनाउनेतर्फ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले वनस्पतिको अनुसन्धान, संरक्षण र दिगो सदुपयोगको क्षेत्रमा सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us