समाचार

भट्टराईको गृह जिल्लामा एमाओवादी फुट्यो

२०७१ साउन १० गते १२:४३

गोरखा, १० साउन– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले विभिन्न जिल्लामा धमाधम समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । सो पक्षले शनिबार भट्टराईको गृहजिल्ला गोरखा र पर्सामा सामानान्तर कमिटी घोषणा गरेको हो । दुवै जिल्लामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा भएको छ...

प्रचण्डकी सासुको निधन

२०७१ साउन १० गते १२:१०

काठमाण्डु, १० साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा शोक परेको छ । प्रचण्ड पत्नी सीताकी आमा हरिकला पौडेलको शनिबार ८६ वर्षको उमेरमा निधन भएको हो । राजधानीको ग्रिन सिटी अस्पतालमा उपचार गराएर उनलाई शनिबारै चितवन लगिएको थियो । कास्की हेम्जाकी स्थायी बासिन्दा...

स्वराजबाट प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

२०७१ साउन १० गते ११:२५

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले कोइरालालाई भेटेकी हुन् । भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो निम्ता स्वीकार गरेर मोदी नेपाल आउन लागेकामा खुसी व्यक्त गरेका थिए । उनले आफूहरु...

बाबुरामको नयाँ शक्ति फेसबुकमा

२०७१ साउन १० गते १०:४२

काठमाण्डु, १० साउन– अरु दलबाट ‘स्वच्छ छवि’का नेता कार्यकर्ता भेला पारेर नयाँ शक्ति बनाउने प्रयास असफल भएपछि एमाओवादी नेता डा. बाबुराम भट्टराईले फेसबुकबाटै नयाँ शक्ति निर्माणको अभियान थालेका छन् । डा. भट्टराईले ‘नयाँ शक्ति’ नामक फेसबुक पेज निर्माण गर्दै सबैलाई यो बहसमा जुट्न आव्हान...

गिरिजाप्रसादका छोराको निधन

२०७१ साउन १० गते १०:०९

काठमाण्डु, १० साउन– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला पुत्र सुरेशको हृदयघातबाट शनिबार निधन भएको छ । ६७ वर्षीय कोइरालाको काठमाण्डुको बागबजारस्थित ओम अस्पतालमा निधन भएको हो । उनी गिरिजाप्रसादका आफ्नै नभई झड्केला छोरा हुन् । गिरिजा पत्नि सुस्माका पहिलो पतिबाट जन्मिएका...

मोदी भ्रमणबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

२०७१ साउन १० गते ८:२१

काठमाण्डु, १० साउन– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको थियो । प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले मोदी भ्रमणमा नेपालले...

प्रचण्डलाई लक्षित गरेर बाबुरामले भने, ‘रगतको खोलो बगाउने कुरा नगरौं’

२०७१ साउन १० गते ७:४५

विराटनगर, १० साउन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मुलुकमा सहमतिको खाँचो रहेका बेला रगतको खोलो बगाउन कुरा नगर्न आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लामो समयदेखि रगतको खोलो बग्दै आएको भन्दै अब त्यसो गर्न नहुने बताए । ‘अब...

किन छुट्टै भेटिन स्वराजले मधेसी नेता ?

२०७१ साउन १० गते ७:०५

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । उनले आज बिहान मधेस केन्द्रित दलका शीर्ष नेतासँग सामूहिक भेटघाट गरेकी हुन । उनी बसेको होटल द्वारिकाजमा भएको भेटमा काँग्रेस, एमाले र एकीकृत माओवादीका मधेसी नेतासमेत सहभागी थिए...

नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक सुरु, को को छन् बैठकमा ?

२०७१ साउन १० गते ६:०३

काठमाण्डु, १० साउन– तेइस वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक आज यहाँ सुरु भयो । परराष्ट्रमन्त्रीस्तरीय उक्त बैठकमा पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भइरहेको छ । बैठकमा राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवम् पारवहन, व्यापार सहजीकरण ऊर्जा तथा...

राप्रपा संसदीय दलको नेतामा बोहरा

२०७१ साउन १० गते ५:४७

काठमाण्डु, १० साउन –राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दिपक बोहरा चुनिएका छन् । दलका नेता चयनका लागि भएको चुनावमा अरु कसैको उम्मेदवारी नपरेपछि बोहरा निर्विरोध चयन भएका हुन् । त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे निर्विरोध भएका छन् । यसअघि राप्रपाको संसदीय दलका...

भारतीय विदेशमन्त्री मधेसी दलका नेतासँग भेट गरिन

२०७१ साउन १० गते ५:१०

काठमाण्डु, १० साउन –  भारतका विदेशमन्त्री सुष्मा स्वराज विभिन्न मधेसवादी दलका  नेताहरूसँगको भेटघाटमा व्यस्त भएकी छिन् । उनीसँग सँग मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष...

नवलपरासीमा डेङ्गुका बिरामी फेला

२०७१ साउन १० गते ४:३५

नवलपरासी, १० साउन –नवलपरासीको नयाँ बेलहानी गाविसको अरुणखोला बजारमा डेङ्गुका बिरामी फेला परेका छन् । फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेङ्गु फेला परेको हो । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us