प्रचण्डलाई लक्षित गरेर बाबुरामले भने, ‘रगतको खोलो बगाउने कुरा नगरौं’

काठमाण्डु टुडे २०७१ साउन १० गते ७:४५ मा प्रकाशित

विराटनगर, १० साउन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मुलुकमा सहमतिको खाँचो रहेका बेला रगतको खोलो बगाउन कुरा नगर्न आग्रह prachanda-baburamगरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लामो समयदेखि रगतको खोलो बग्दै आएको भन्दै अब त्यसो गर्न नहुने बताए । ‘अब रगत बग्ने र बगाउने होइन्’, भट्टराईले भने, ‘नेपालमा धेरै रगत बगिसक्यो, अब रगतको खोलो बग्न रोक्नुपर्छ ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुसहित परिवर्तन पक्षधरलाई एक्ल्याएर संविधान जारी गरिए मुलुकमा रहगतको खोलो बग्ने चेतावनी दिएको केही दिनपछि भट्टराइएको यस्तो भनाइ बाहिर आएको हो ।
उनले बाह्रबुँदे सहमति, बृहत शान्ति सम्झौता र विभिन्न मोर्चासँग भएका सम्झौताअनुसार आगामी माघ ८ गते संविधान आउने दाबी गरे ।

संविधानसभा अन्तर्गत्को राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका उनले संविधानसभाभित्र र बाहिरका शक्तिसँग सहमति प्रयासमा छलफल भइरहेको र विवादित विषय साँघुरिंदै गएको उल्लेख गरे ।

अर्को एक फरक प्रसंगमा उनले तराई र पूर्वी पहाडमा सक्रिय सशस्त्र भूमिगत समूहसँग पनि वार्ता गरी उनीहरुलाई सहमतिमा ल्याउने प्रयास सुरु भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us