समाचार

अवैध लागू औषध ब्राउन सुगर सहित पक्राउ

२०७१ साउन ९ गते ११:२८

दाङ, ९ साउन – तुलसीपुर नगरपालिका–५ बस्ने २९ बर्षीय दिपक रेग्मी सहित ३ जनालाई प्रहरीले अवैध लागू औषध ब्राउन सुगर ८० मिलिग्राम सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले साउन ८ मा  सोही ठाउँ बस्ने पुस्कर ओलीको घरबाट ब्राउन...

विद्यालय स्रोतव्यक्ति हटाउने निर्णयविरुद्ध आन्दोलित

२०७१ साउन ९ गते ११:२०

काठमाण्डु , ९ साउन – विद्यालय स्रोतव्यक्तिलाई सेवाबाटै हटाउने अभिप्रायले शिक्षामन्त्री चित्रलेखा यादवले गरेको निर्णय पूनरावलोकन गर्र्नुपर्ने भन्दै विद्यालय स्रोतव्यक्ति समाज नेपाल आन्दोलनमा उत्रिएको छ । विद्यालय स्रोतव्यक्ति समाज, नेपालद्धारा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदले हटाएर २०६२ र...

मोदीको भ्रमणलाई विवादास्पद बनाउन थापाको आग्रह

२०७१ साउन ९ गते १०:५७

भक्तपुर, ९ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण महत्वपूर्ण भएकाले विवादस्पद बनाउन नहुने बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लवमा शुक्रबार बोल्दै उनले मोदीको भ्रमणलाई विवादास्पद बनाउन नहुने आग्रह गरेका हुन् । नेपालको राजनीति दुई...

मोदीको भ्रमणमै विद्युत व्यापार सम्झौता हुन्छ : डा. नेपाल

२०७१ साउन ९ गते १०:४९

काठमाण्डु , ९ साउन – अर्थविद्हरुले खुल्ला सीमा रहेको उदयमान अर्थतन्त्र भारतसँग हालेमालो गर्दै नेपालले विकासको बाटो खोल्नु पर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले भारत विश्वकै उदियमान अर्थतन्त्र भएकोले सहकार्य गर्दै आफ्नो...

बुटवलका डीएसपी आचार्यलाई निलम्वन गर्न अख्तियारको निर्देशन

२०७१ साउन ९ गते १०:३८

काठमाण्डु, ९ साउन प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) दिनेश कुमार आचार्यलार्इ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । लेनदेनको कारोबारमा ऋणी फरार भएपछि जिम्मा जमानीमा रहेका व्यक्तिलार्इ कारबाहीका लागि पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी...

शौचालयको सेफ्टी ट्याङ्कमा निस्सासिएर एकको मृत्यु, एक गम्भीर

२०७१ साउन ९ गते ८:११

महोत्तरी , ९ साउन  –  शौचालयको सेफ्टी ट्याङ्कमा निस्सासिएर महोत्तरीको बनौटा गाविसमा एक मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको पशुपतिनगर–६ बस्ने २० वर्षीय सुनिल महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।बिहीबार अबेर साँझ बनौटा–४ मा स्थानीय लगन साहको निर्माणाधीन अन्डर ग्राउन्ड पक्की...

देश हित विपरित सन्धि–सम्झौता नगर्ने तीन दलको निर्णय

२०७१ साउन ९ गते ७:१७

काठमाण्डु, ९ साउन – बैठक प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई उपलब्धिमुलक बनाउन सबै दलले आ–आफ्नो तर्फबाट पहल गर्ने सहमति भएको छ । साथै देशको हित विपरित सन्धि–सम्झौता नगर्ने निर्णय...

दुई पूर्वसचिव आकर्षक पदमा नियुक्त

२०७१ साउन ९ गते ७:१६

काठमाण्डु ९ साउन – शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा बिभिन्न मन्त्रालय र निकायमा २० सचिव शुक्रबारदेखि रिक्त भए पनि सचिव बढुवा गर्ने निर्णय गर्न सकेन । मन्त्रिपरिषदको बैठकमा यो एजेण्डामा छलफल नै नभएको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठकले सचिव बढुवा र शुक्रबारदेखि खाली...

श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमानलाई एघार वर्ष कैद

२०७१ साउन ९ गते ३:४७

भक्तपुर, ९ साउन– बिहेपछि सुन्दर जीवन जिउने सपना बुनेकी श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमानलाई भक्तपुर जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोक साम्पालकोट–३ घर भई काठमाण्डु लैनचौर बस्ने ३५ वर्षीय दीपक पण्डितलाई जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद, रु...

खोलाले बगाएर एक वृद्धको मृत्यु

२०७१ साउन ९ गते ३:०६

कावासोती, ९ साउन । खोलामा माछा मार्न जाँदा एक वृद्धको मृत्युभएको छ । नवलपरासी दुम्किबास–२ का ७५ वर्षीय अत्तलसिंह राक्छमगरको विनयी खोलाले बगाएर मृत्युभएको हो । विनयी खोलामा बिहान माछा मार्न गएका मगरको ढुङ्गामा जाल अड्कँदा झिक्न खोज्दा खोलाले बगाउँदा मृत्युभएको स्थानीय पवित्र जिसीले...

अबको ६ वर्षमा चिनियाँ रेल नेपाल जोडिने

२०७१ साउन ९ गते १:३९

काठमाण्डु ९ साउन –  नेपाल,भारत र भुटानी सिमासम्म रेल कुदाउने चिनियाँ सपना चाँडै पुरा हुने भएको छ । ल्हासा हुँदै सिगात्से आइपुगेको यो रेलमार्ग ६ वर्षभित्र नेपालको सिमाक्षेत्र केरुङ जोड्ने चीनले औपचारिक घोषणा गरेको छ । मंगलबार १४ औँ ट्रयाकको परीक्षणपछि ल्हासा–सिगात्से रेलमार्ग निर्माण...

नागरिकताभन्दा राहदानी बढी वितरण

२०७१ साउन ९ गते १:२८

नुवाकोट, ९ साउन –जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट गत आर्थिक वर्षमा नागरिकताभन्दा पनि राहदानी लिनेको सङ्ख्या धेरै रहेका छन् । गत आव २०७०÷०७१ मा जिल्ला प्रशासन कार्यालयले वितरण गरेको नागरिकताभन्दा झन्डै दोब्बरको सङ्ख्यामा जिल्लावासीले राहदानी बनाएका छन् । कार्यालयका अनुसार एक वर्षमा वंशजको नाताले आठ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us