देश हित विपरित सन्धि–सम्झौता नगर्ने तीन दलको निर्णय

काठमाण्डु टुडे २०७१ साउन ९ गते ७:१७ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ९ साउन – बैठक प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई उपलब्धिमुलक बनाउन सबै दलले आ–आफ्नो तर्फबाट पहल गर्ने सहमति भएको छ ।

साथै देशको हित विपरित सन्धि–सम्झौता नगर्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको सहभागिता थियो  ।

आजदेखि सुरु हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले तीन दलका शीर्ष नेताहरुको बैठक आव्हान गरेका हुन् ।

अमेरिकामा एक महिना लामो उपचार गराई प्रधानमन्त्री गत मंगलबार राति स्वदेश फर्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us