विद्यालय स्रोतव्यक्ति हटाउने निर्णयविरुद्ध आन्दोलित

काठमाण्डु टुडे २०७१ साउन ९ गते ११:२० मा प्रकाशित

काठमाण्डु , ९ साउन – विद्यालय स्रोतव्यक्तिलाई सेवाबाटै हटाउने अभिप्रायले शिक्षामन्त्री चित्रलेखा यादवले गरेको निर्णय पूनरावलोकन गर्र्नुपर्ने भन्दै विद्यालय स्रोतव्यक्ति समाज नेपाल आन्दोलनमा उत्रिएको छ ।

unnamed (1)विद्यालय स्रोतव्यक्ति समाज, नेपालद्धारा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदले हटाएर २०६२ र ६३ को जनआन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूनर्वहाली गरेका विद्यालय स्रोतव्यक्तिहरुलाई काँग्रेस नेतृ तथा शिक्षामन्त्री चित्रलेखा यादवले हटाउने मनसायले निर्णय गरेको भन्दै निर्णय नसच्चाए सशक्त आन्दोलनमा होमिने चेतावनी दिएको छ ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नरेन्द्र भट्टराईले करोडौं रुपैयाँ खचिर्एर तयार गरेका स्रोतव्यक्तिहरुलाई सेवाबाट विस्थापन गर्ने योजनावद्ध षड्यन्त्र भएको भन्दै सो निर्णयको मन्त्रीकै कार्यालय हातामा रहेर विरोध जनाउँदा पनि मन्त्रीबाट कुनै सुनुवाई नभएको भन्दै तत्काल निर्णय नसच्चाए आफूहरु कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

उनले भने– स्रोतव्यक्तिहरुलाई पुर्वाग्राही ढङ्गबाट सेवाबाट हट्न वाध्य पार्ने निर्णय शिक्षामा कार्यरत निजामती कर्मचारीहरुले आफ्ना कमिकमजोरीहरु र आफूले गरेका आथिर्क हिनामिनाका विषयहरुलाई ढाकछोप गर्ने षडयन्त्रमूलक ढंगले ल्याएको हो, यसमा कुनै दुई मत छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us