अवैध लागू औषध ब्राउन सुगर सहित पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ९ गते ११:२८ मा प्रकाशित

दाङ, ९ साउन – तुलसीपुर नगरपालिका–५ बस्ने २९ बर्षीय दिपक रेग्मी सहित ३ जनालाई प्रहरीले अवैध लागू औषध ब्राउन सुगर ८० मिलिग्राम सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले साउन ८ मा  सोही ठाउँ बस्ने पुस्कर ओलीको घरबाट ब्राउन सुगर सेवन गरी रहेको अवस्थामा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us