समाचार

नेपाल न्यून विकसित मुलुक

२०७१ साउन ८ गते ९:१६

काठमाण्डु, ८ साउन – मानव विकास प्रतिवेदन २०१४ मा नेपालको स्थान न्यून विकसित मुलुकको सूचीमा परेको छ । विहीबार जापानको टोकियोबाट सार्वजनिक गरिएको राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाको तेस्रो कमजोर राष्ट्र ठहरिएको छ । मानव विकास सूचकांकमा नेपाल अफगानिस्तान...

वर्षाले पृथ्वीराजमार्ग अवरुद्ध, ३५ घर जोखिममा

२०७१ साउन ८ गते ८:५८

धादिङ , ८ साउन – वर्षाका कारण पृथ्वीराजमार्गको ठाउँठाउँमा बिहिबार यातायात अवरुद्ध भएको छ । वर्षापछि सडकमाथिबाट आएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत बैरेनी गाविसको मछेडीखोलामा बाढी आई बालुवा माटोसहितको लेदो आएर सडक अवरुद्ध भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । अहिले पहिरो हटाउने कार्य भइरहेको...

विमान दुर्घटनामा ४८ को मृत्यु

२०७१ साउन ८ गते ७:२४

ताइपेइ, ८ साउन – बुधबार ताइवानको ट्रान्स एसिया एयरवेज कम्पनीको विमान दुर्घटनामा पर्दा ४८ यात्रुको मृत्यु हुनुका साथै १० घाइते भएको उक्त विमान कम्पनीले पुष्टि गरेको छ । कम्पनीको उडान नं जिइ २२२ बाट ५८ जना यात्रु बोकी आन्तरिक उडानमा रहेको विमान पेङ्गु द्वीपमा...

तल्लो सदनको नाम ‘प्रतिनिधिसभा’

२०७१ साउन ८ गते ७:११

काठमाण्डु , ८ साउन – संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले ‘तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने’ र ‘१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने’ तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ । अघिल्लो संविधानसभा मातहतको संवैधानिक समितिले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमध्ये ४८ विषयमा...

महावीरलाई पुनः अर्को अन्तराष्ट्रिय अवार्ड

२०७१ साउन ८ गते ७:०९

काठमाण्डु, ८ साउन – म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले यस वर्षको ‘जोनाथन बी पोष्टल अवार्ड’ अन्तराष्ट्रिय अवार्ड जितेका छन् । सो पुरस्कार इन्टरनेट सोसाइटीले प्रदान गरेको हो । हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सको ९० औं सम्मेलनमा उनलाई २० हजार अमेरिकी डलर र अवार्ड...

कार्यसम्पादन मूल्याङ्कनमा बागलुङका ४० गाविस असफल

२०७१ साउन ८ गते ७:०७

बागलुङ, ८ साउन – न्यूनतम सर्त मापन मूल्याङ्कनमा बागलुङका ४० गाविस असफल भएका छन् । स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय वित्तीय आयोगले गरेको मूल्याङ्कनमा ती गाविस असफल देखिएका हुन् । आयोगले निर्धारण गरेका न्यूनतम सर्त पूरा गर्न नसक्ने गाविसहरु असफल भएका हुन् । आर्थिक वर्ष...

विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु

२०७१ साउन ८ गते ६:३५

बैतडी , ८ साउन – बैतडीको महाकालीमा विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै भएको बेला गेडागुडीमा हाल्ने विषादी खाएर महाकाली–८, पुडिलका पाँच वर्षीय पङ्कज साउद र उनकै दुई वर्षीया बहिनी कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका परिवार खेतमा...

एमाले अध्यक्ष ओली अस्पताल भर्ना

२०७१ साउन ८ गते ४:५६

काठमाण्डु, ८ साउन –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य उपचारका लागि सिँगापुर जानुभएका अध्यक्ष ओाली भर्ना हुनुभएको स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । संक्रमणका कारण उहाँको दायाँ हात सुन्निने क्रम नघटेकाले...

बलात्कारसम्बन्धी मुद्दामा जाहेरीवालालाई नै एक महिना जेल

२०७१ साउन ८ गते ४:३३

भक्तपुर, ८ साउन –जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ । अदालतले जाहेरीवाला सुन्तली (नाम परिवर्तन) लाई एक महिना जेल र रु एक हजार जरिवाना गर्ने फैसला सुनाएको हो । न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले सुन्तलीलाई झुटो जाहेरी दिएको अभियोगमा...

व्यवस्थापिका संसदको बैठक बस्दै

२०७१ साउन ८ गते ४:२५

काठमाण्डु, ८ साउन –व्यवस्थापिका संसद्को बैठक आज बोलाइएको छ । विनियोजन विधेयकमाथिको छलफलका लागि बैठक बोलाइएको भएपनि योजना आयोगले रातो किताव भाग दुई छपाईमा ढिलाई गरेका कारण एमाले नेता भरतमोहन अधिकारीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तवा र केही विधेयकहरु आजको बैठकमा पेश गर्ने...

प्रधानमन्त्री आराममा, केही समय सार्वजनिक समारोहमा नजाने

२०७१ साउन ८ गते ३:५३

काठमाण्डु, ८ साउन –फोक्सोको क्यान्सरको उपचार गराएर स्वदेश फर्केका प्रधानमन्त्री सुशील कोइरालाले अझ केही दिन आराम गर्नुपर्ने भएको छ । त्यसैले कोइरालाले कुनै औपचारिक भेटववर्ता तय गरेका छैनन् । हिजो पनि कोइराला दिनभर निवासमै बसेपनि पार्टी नेता, मन्त्री र राजनीतिक दलका कुनैपनि नेताहरुसँग भेटवार्ता...

अश्लील एसएमएस पठाउने पक्राउ

२०७१ साउन ८ गते ३:०७

विराटनगर, ८ साउन –अश्लील एसएमएस पठाउने एक व्यक्ति यहाँमा पक्राउमा परेका छन् । विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि केही सार्वजनिक अपराधअन्तर्गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us