विराटनगर, ८ साउन –अश्लील एसएमएस पठाउने एक व्यक्ति यहाँमा पक्राउमा परेका छन् ।
विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि केही सार्वजनिक अपराधअन्तर्गत आवश्यक कारबाही सुरु गरिएको बताइएको छ ।