काठमाण्डु, ८ साउन – मानव विकास प्रतिवेदन २०१४ मा नेपालको स्थान न्यून विकसित मुलुकको सूचीमा परेको छ ।
विहीबार जापानको टोकियोबाट सार्वजनिक गरिएको राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाको तेस्रो कमजोर राष्ट्र ठहरिएको छ ।
मानव विकास सूचकांकमा नेपाल अफगानिस्तान र पाकिस्तानभन्दा अगाडि १४५ औं स्थानमा रहेको छ । दक्षिण एशियामा श्रीलंकाको स्थान सबैभन्दा राम्रो स्थानमा छ ।
मानव विकास सूचकांकमा भारतको स्थान १३५ औं छ भने भूटान १३६ औं स्थानमा छ ।
दक्षिण एशियाको श्रीलंका ७३ औं स्थानमा छ । पाकिस्तान भने नेपालभन्दा एक स्थान पछाडि १४६ औं स्थानमा रहेको छ । मालदिभ्स १०३ औं स्थानमा छ भने बंंगलादेश १४२ औं स्थानमा छ ।
अफगानिस्तान एशियामा सबैभन्दा कमजोर अर्थात १६९ औं स्थानमा छ ।
शिक्षा, स्वास्थ्य एवं प्रतिव्यक्ति आय लगायतका मानकहरुका आधारमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको विश्वका १८७ देशको सूचीमा नेपालको स्थान गतवर्षकै स्थानमा देखिएको छ ।