समाचार

सहमति समितिमा आजदेखि राज्य पुनर्संरचनाबारे छलफल

२०७१ साउन ८ गते ३:००

काठमाण्डु, ८ साउन – संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बिहीबारदेखि राज्य पुनर्संरचनाका विषयमा छलफल हुँदैछ । बिहीबार विहान समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राज्य पुनर्संरचना गर्दा बनाइने प्रदेशका नाम, सीमा, आधार, अग्राधिकार लगायतका विषयमा छलफल गर्ने तयारी छ । संविधान निर्माणको सबैभन्दा...

हत्या भएको एघार वर्षपछि अन्तिम संस्कार

२०७१ साउन ८ गते १:५३

काठमाण्डु, ८ साउन – जनकपुरको गोदारकाण्डमा हत्या गरिएका पाँचजना युवकको मानव अबशेष एघार वर्षपछि सरकारले बुधबार परिवार तथा आफन्तजनलाई बुझाएको छ । जनकपुरस्थित मानअधिकार आयोग मध्यमाञ्चल क्षेत्रिय कार्यालयले हत्या गरिएका पाँच युवकको मानव अबशेष परिवारजनलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा एमाओवादीका महासचिव कृष्णबहादुर महरा...

कक्षा १० का बिद्यार्थीलाई चरम यातना

२०७१ साउन ८ गते १:४८

काठमाण्डु, ८ साउन –चपलीस्थित स्नोल्याण्ड रेनग लाइट अफ एजुकेसन स्कुलका प्राचार्य कृष्ण लामासहितका विद्यालय सञ्चालकले कक्षा दसका विद्यार्थीलाई चरम यातना दिएका छन्। विद्यालय भित्र रेहको प्राचार्य लामाको मोटरसाइकलमा मंगलबार ‘चोर’ लेखिएको देखेपछि रिसले चुर भएका लामाले कक्षा दसका सबै विद्यार्थीलाई जम्मा पारेर एक हजार...

मोदी साउन १८ गते आउने

२०७१ साउन ८ गते १:४६

काठमाण्डु, ८ साउन –भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी यही साउन १८ गते तीन दिने नेपाल भ्रमणमा आउने कार्यक्रम निश्चित भएको छ । यद्यपी मोदी भ्रमणको औपचारिक पुष्टि भने भारतीय विदेशमन्त्री सुषमा स्वराजको यात्रापछि मात्र गरिने स्रोतले बतायो । स्वराज शुक्रबार काठमाडौं आई आइतबार फर्कने कार्यक्रम...

विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्री मोदीको भ्रमणको पूर्व तयारी हो : राजदुत रे

२०७१ साउन ७ गते ११:०३

काठमाण्डु , ७ साउन – नेपालका लागि भारतीय राजदुत रञ्जित रेले विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले नेपालमा हुने दुई देशका विदेशमन्त्री स्तरीय बैठकमा भाग...

महिला स्वास्थ्य स्वयंसेविकाद्वारा आन्दोलनको घोषणा

२०७१ साउन ७ गते १०:१८

काठमाण्डु , साउन ७ – सरकारको बजेटमा आफ्ना माग नसमेटीएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघले बुधवार रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही साउन २३ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका हुन । जसअनुसार...

११ वर्षपछि आफन्तको कङ्काल बुझ्दै परिवार

२०७१ साउन ७ गते ९:५८

जनकपुरधाम, ७ साउन – सुरक्षाकर्मीद्वारा करिब ११ वर्षअघि बेपत्ता पारिएका जनकपुरका पाँच युवाको शव पहिचानपछि राष्ट्रिय मानवअधिकार आयोगले पीडित परिवारलाई मानव अवशेष हस्तान्तरण गरेको छ । आयोगका सचिव बेदप्रसाद भट्टराईले मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण गर्दै शव उत्खननसमेत भएको यस अनुसन्धानबाट मृतकको पहिचान भएपश्चात्...

मोदी आउने भएपछि पशुपति हुने भो सफा

२०७१ साउन ७ गते ९:५३

काठमाण्डु , ७ साउन – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको...

भारतमार्फत अझै अमेरिकी साम्राज्यवाद फैलिने : किरण

२०७१ साउन ७ गते ९:४४

काठमाण्डु, ७ साउन – नेकपा –माओवादीले पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छुट्टाछुट्टै राजनीतिक प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन अर्को नयाँ प्रस्ताव बनाएको छ । पार्टी मुख्यालय अनामनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । अध्यक्ष र सचिवको बीचमा...

तीन करोड १३ लाख युनिट विद्युत् उत्पादन सुरु

२०७१ साउन ७ गते ७:३६

रसुवा, ७ साउन – मैलुङ जल विद्युत् आयोजनाका सबै काम सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । रसुवा जिल्लाको डाडाँगाउँ र हाकु गाविसको क्षेत्रलाई आधार इलाका बनाई निर्माण सम्पन्न भएको सो आयोजनाले पाँच मेगावाटको परीक्षण प्रसारण गरी असार १९ गतेबाट व्यावसायिक उत्पादन सुरु...

कतारबाट शव ल्याउन पहल गरिदिन आग्रह

२०७१ साउन ७ गते ७:२७

कैलाली , ७ साउन – कैलालीको फूलबारी गाविस–३ खेदाका २५ वर्षीय रमेश चौधरीको कतारमा मृत्यु भएको १० दिन भइसक्दा पनि शव नेपाल ल्याउन नसक्दा उनका परिवार शोकमा डुबेका छन् । परिवारजनले उनको शव नेपाल ल्याउन पहल गरिदिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।...

ममाथि पुष्पलाललाई जस्तै घेराबन्दी भयो: प्रचण्ड

२०७१ साउन ७ गते ६:३३

काठमाण्डु, ७ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र आफ्नो पार्टीविरुद्ध कम्युनिष्ट आन्दोलन भित्र र बाहिरबाट तीव्र आक्रमण भइरहेको बताएका छन् । कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा उनले पुष्पलाललाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us