समाचार

अफगानस्तानमा एक नेपालीको मृत्यु , दुई घाइते

२०७१ साउन ६ गते ११:१६

काठमाण्डु , ६ साउन –  अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको आत्मघाती आक्रमणमा परी एक नेपालीको मृत्यु हुनाको साथै दुई नेपाली घाइते भएका छन्। मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गिब्सन क्याम्पमा आक्रमण गर्दा एक नेपालीसहित ६ जनाको मृत्यु भएको हो। आक्रमणमा परी डायनाकोर कम्पनीमा काम गर्ने सुरक्षागार्ड...

प्रधानमन्त्री कोइराला फर्किए

२०७१ साउन ६ गते १०:४०

काठमाण्डु, ६ साउन प्रधानमन्त्री  सुशील कोइराला अमेरिकामा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् । कोइराला मंगलबार राति ८ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । फोक्सोमा दाग देखिएपछि ५ साताअघि कोइराला चिकित्सकको सल्लाहमा थप उपचारका लागि अमेरिका गएका थिए । उनको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ...

बिपी सानो देशको ठूलो नेता : वरिष्ठ नेता देउवा

२०७१ साउन ६ गते १०:३९

काठमाण्डु , ६ साउन – नेपाली काँग्रेस वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो नेता भएको बताएका छन् । बिपी कोइरालाको जन्म शताब्दी एवम् स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय कार्यालय र बिपी कोइराला मेमोरियल ट्रस्टद्वारा आज सानेपामा आयोजित रक्तदान...

घिसिङलाई पूर्नवहाली नगरे मन्त्री हटाईछाड्छौं : कर्मचारी युनियन

२०७१ साउन ६ गते ९:५३

काठमाण्डु , ६ साउन – उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलबिद्युत कम्पनी लिमिटेडमा काजमा खटाईएका प्रबन्ध संचालक कुलमान घिसिङ्लाई राजनीतिक हस्तक्षेप गर्दै हटाएको भन्दै विभिन्न सात ट्रेड युनियनले तुरुन्त पूनर्वहाली नगराए आन्दोलनबाट मन्त्रीको जागिर खाईदिने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा सयुंक्त पत्रकार...

आर्थिक र सामाजिक रुपान्तरणका लागि विपीको विचार सान्दर्भिक : पौडेल

२०७१ साउन ६ गते ९:४०

विराटनगर, ६ साउन – नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । विराटनगर बरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आयोजित महामानव बिपी कोइरालाको ३२औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई...

एउटै पदमा दुई व्यक्ति नियुक्त

२०७१ साउन ६ गते ९:२१

सुर्खेत, ६ साउन – जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको चरम लापर्बाहीका कारण एउटै कार्य क्षेत्रमा एउटै पदका लागि दुईलाई नियुक्ति दिइएको रहस्य खुलेको छ । गीता चौधरीले साविकको उत्तरगङ्गा गाविस, वीरेन्द्रनगर नगरपालिका–१९ को लवस्ता टोलमा लामो समयदेखि काम गर्दै आएकी छिन् । विसं २०६२ देखि...

प्रहरी प्रशासन मजबुत भए शान्ति र सुशासन : गृहमन्त्री गौतम

२०७१ साउन ६ गते ८:३३

वीरगन्ज, ६ साउन – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले देशमा जनतालाई सुशासनको अनुभूति दिलाई आर्थिक समृद्धिको आधारशीला खडा गर्ने र विकास निर्माणको कार्यलाई तीव्रता दिने सरकारको मुख्य प्राथमिकताका काम भएको बताएका छन् । गृह मन्त्रालयद्वारा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको मङगलबार उद्घाटन गर्दै उनले भने...

पहिरोले आवतजावतमा सास्ती

२०७१ साउन ६ गते ८:१९

गोरखा, ६ साउन – लार्के पासमा पर्ने पर्यटकीय मार्ग खोर्लावेसी चिउरी भीरमा गएको पहिरोका कारण उत्तरी गोरखा, छेकम्पार, सामागाउँ, सिर्दीवास, चुम्चेत, ल्हो र प्रोक जाने मानिसलाई आवतजावतमा सास्ती भएको छ । तीन दिनअघि गएको पहिरोका कारण स्थानीय जनतालाई आउजाउमा समस्या भएको स्थानीय तुलसी गुरुङले...

छातीमा खुकुरी रोपिँदा बालकको गयो ज्यान

२०७१ साउन ६ गते ६:२७

खोटाङ, ६ साउन – खुकुरीमा धार लगाउने क्रममा लडेर सोही खुकुरी छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ । राजापानी–७ का प्रेमबहादुर राईका ११ वर्षीय छोरा प्रदीप राई सोमबार बेलुका पिँडीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेर छातीमा घोपिएपछि उनको मृत्यु...

कुलमान घिसिङलाई थमौती नगर्दा यातायात बन्द

२०७१ साउन ६ गते ६:२४

रसुवा , ६ साउन – चिलिमे जल विद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई यथास्थानमा थमौती गर्नुपर्ने माग राख्दै आएका स्थानीयवासीले मङ्गलबारबाट यातायातसमेत बन्द गरेका छन् । स्थानीयवासीको बन्द आह्वानका कारण यहाँ बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । चिलिमे, साङ्जेन, रसुवागढी,...

एमाले अध्यक्ष ओली सिंगापुर प्रस्थान

२०७१ साउन ६ गते ५:०६

काठमाण्डु, ६ साउन –नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुरको नेसनल युनिभसिर्टी अस्पतालमा संक्रमित दायाँ हातको उपचार गराउन ओली सिंगापुर जान लागेका हुन् ।  दिउसो साढे १ बजेको थाई एयरको विमानबाट सिंगापुर गएकाे ओलीका स्वकीय सचिव रमेश...

एसएलसीमा अनुत्तीर्ण भएपछि भारत पलायन

२०७१ साउन ६ गते ३:४१

अछाम, ६ साउन – एसएलसीमा अनुत्तीर्ण भएपछि अछामका अधिकांश विद्यार्थी भारत पलायन हुन थालेका छन् । एसएलसीको परीक्षामा अनुत्तीर्ण भई मौका परीक्षामा पनि नपरेका अधिकांश विद्यार्थी भारत पलायन हुन थालेका हुन् । अछामका अम्मरराज भण्डारीले भने–“आफूले जेनतेन गरी दुईपटक एसएलसी दिए उत्तीर्ण हुन सकेन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us