कुलमान घिसिङलाई थमौती नगर्दा यातायात बन्द

काठमाण्डु टुडे २०७१ साउन ६ गते ६:२४ मा प्रकाशित

रसुवा , ६ साउन – चिलिमे जल विद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई यथास्थानमा थमौती गर्नुपर्ने माग राख्दै आएका स्थानीयवासीले मङ्गलबारबाट यातायातसमेत बन्द गरेका छन् ।

स्थानीयवासीको बन्द आह्वानका कारण यहाँ बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । चिलिमे, साङ्जेन, रसुवागढी, जलविद्युत् सरोकार समिति र समग्र रसुवावासीको तर्फबाट बन्द आह्वान गरिएको चिलिमेका गोम्वो छिरिङ तामाङले बताए ।

प्रबन्ध सञ्चालक घिसिङको थमौतीको माग गर्दै साउन २ गतेदेखि नै आयोजनाको कार्यालय बन्द गरेको बताइएको छ ।

बन्दका कारण ५७ दशमलव १ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us