काठमाण्डु , ५ साउन – गृह मन्त्रालयले आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा निर्धारित समयावधिभित्र बुझाउन सर्वसाधारण जनतासँग अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना...
कञ्चनपुर, ५ साउन – बाढी पहिरोका कारण सुदूरपश्चिममा चार दिनको अवधिमा आठ जनाको ज्यान गएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार बाढीबाट सबैभन्दा बढी पाँच जना, पहिरोबाट दुई जना र भीरबाट खसेर एक जनाको ज्यान गएको छ । बाढी आएको नदी र...
चितवन, ५ साउन – समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । नारायणगढको मेन रोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा श्रेष्ठले पास गरिदिएकी हुन् । ट्रस्टका महासचिव टंकनाथ पौडेलका अनुसार...
खोटाङ, ५ साउन – स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई कारागार चलान गरिएको छ । मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा गत असार ९ गते पक्राउ परेका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेल कारागार चलान भएका हुन् । जबर्जस्ती करणीअन्तर्गत मुद्दा...
चितवन, ५ साउन – जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिँदै गरेको हरितालिका तीजलाई संस्कृति र सामाजिक मर्यादाअनुसार मनाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गरी पर्वका नाममा तडकभडक र खर्चिलो तरिका नअपनाउन भनेको छ । यसको जिल्ला प्रशासन कार्यालय, प्रहरी र आन्तरिक राजस्व कार्यालयले...
जाजरकोट, ५ साउन – दह गाविस वडा–३ स्थित छाप्रेखोलाले बगाएर प्रहरी जवान निमबहादुर शाहीको आइतबार मृत्यु भएको छ । बर्दिया घर भई हाल दह पञ्चालास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान शाही बाढी आएको समयमा अन्य साथीलाई खोला तारेर आफू एक्लै तर्ने क्रममा बगेका...
कञ्चनपुर, ५ साउन – दुई दिनदेखि अविरल रुपमा परेको वर्षाको पानीले महाकाली नदीको तटबन्ध भत्काउन सुरु गरेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरद्वारा भीनपा–११ भुजेलामा निर्माणाधीन तटबन्ध बाढीले भत्काउन सुरु गरेको स्थानीय जनताले बताएका छन् । चुरे क्षेत्रबाट बगेर आएको पानीका कारण तटबन्ध भत्किएको...
गौशाला, ५ साउन – चिनी मिलका कर्मचारीको मोटरसाइकलसहित लुटेर लग्ने तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास गाविस–५ बस्ने अशोक महतो, वडा–२ बस्ने विवेक साह र वडा–९ बस्ने ललित महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको...
नुवाकोट , ५ साउन – जिल्लाको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ । गएराति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ वर्षीय सालिकराम अर्यालको सोही वडाका २३ वर्षीय सागर अधिकारीले चिर्पटले टाउकामा हिर्काउँदा ज्यान गएको जिल्ला प्रहरी...
काठमाण्डु, ५ साउन– संयुक्त राष्ट्रसंघीय उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपाल आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख दीपक धिताल, राष्ट्रसंघका कायममुकाय प्रमुख निकोल मिनाज, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, नेपाली सेनाका...
काठमाण्डु, ५ साउन– एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ । पार्टी मुख्यालय काेटेश्वर पेरिसिडाँडामा जारी बैठकले विभिन्न विभाग, केन्द्रीय सल्लाहकार समिति र केन्द्रीय परिषदलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजोको बैठकमा महासचिव कृष्णबहादुर महरा नेतृत्वको टोलीले तयार पारेको संगठन निर्माणसम्बव्धी...
सिरहा, ५ साउन– मदिरा सेवन गरी झगडा गरेकालाई सम्झाउन पुगेका पत्रकार दिलीप सिंहलगायत पाँचजनामाथि आक्रमण भएको छ । आक्रमणमा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिंहसहित उमेश महतो, रामऔतार महतो, विद्यानन्द सिंह र हीरालाल महतो छन् । उनीहरूमाथि खुकुरी प्रहार भएको...