तीज भड्किलो बनाउनेलाई कानुनी कारबाही

काठमाण्डु टुडे २०७१ साउन ५ गते ८:५२ मा प्रकाशित

चितवन, ५ साउन – जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिँदै गरेको हरितालिका तीजलाई संस्कृति र सामाजिक मर्यादाअनुसार मनाउन आग्रह गरेको छ ।

कार्यालयले सूचना जारी गरी पर्वका नाममा तडकभडक र खर्चिलो तरिका नअपनाउन भनेको छ ।

यसको जिल्ला प्रशासन कार्यालय, प्रहरी र आन्तरिक राजस्व कार्यालयले समेत नियमित अनुगमन गर्ने भएको छ ।

कार्यालयको आग्रहलाई बेवास्ता गरी सामाजिक रुपमा विकृति ल्याउने प्रयाश गरिएको भेटिएमा सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ बमोजिम कारबाही गर्ने चेतावनी जिप्रकाले दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us