जाजरकोट, ५ साउन – दह गाविस वडा–३ स्थित छाप्रेखोलाले बगाएर प्रहरी जवान निमबहादुर शाहीको आइतबार मृत्यु भएको छ ।
बर्दिया घर भई हाल दह पञ्चालास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान शाही बाढी आएको समयमा अन्य साथीलाई खोला तारेर आफू एक्लै तर्ने क्रममा बगेका थिए ।
शाहीको शव सोमबार बिहान प्रहरीले एक किलोमिटर तल तेजढुङ्गामा रुखको जरामा अड्केको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक रामबहादुर चन्दले पुष्टि गरे ।
नदीले बगाएर यसै साता यहाँ तीन जनाको मृत्यु भइसकेको छ ।