काठमाण्डु,६ साउन –नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३२ औँ स्मृति दिवस मनाइँदै छ । यस अवसरमा नेपाली कांग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न छुट्टाछुट्टै कार्यक्रम गरी मनाउदैछन् । विसं १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल...
काठमाण्डु, ६ साउन – नयाँ संविधानका लागि संक्रमणकालीन व्यवस्थासहित केन्द्रीय संसद् दुई सदनात्मक हुनेलगायत ११ बुँदामा सहमति जुटेको छ। संविधानसभाअन्तर्गत संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमबार बसेको बैठक अघिल्लो संविधानसभामै सहमति भएका ११ बुँदामा सहमत भएको हो। यसअनुसार संक्रमणकालीन व्यवस्थाअन्तर्गत अर्को संविधान जारी...
काठमाण्डु, ६ साउन – आपत्कालीन गर्भपतन गराएको झन्डै एक महिनापछि एक महिलाको मृत्यु भएको विषयलाई लिएर मोरङ प्रहरीले मेरीस्टोप सेन्टर इटहरीका सिनियर मेडिकल अफिसर डाक्टर सूर्यदेव साहलाई १० दिन हिरासतमा राखेर यातना दिएपछि पीडित डाक्टरले मेडिकल काउन्सिलसँग गुहार मागेका छन् । छोरा नपाएकाले पतिबाट...
काठमाण्डु, ६ साउन – सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायबाट लुटिएका हतियार माओवादीका पुर्वलडाकुले यार्सागुम्बा लुट्न प्रयोग गरेको भेटिएको छ । तत्कालिन माओवादी लडाकुले २०६० सालमा म्याग्दी आक्रमणका बेला सुरक्षाकर्मीबाट लुटेको स्वचालित एके ४७ राइफल गत असार पहिलो साता डोल्पामा यार्सा लुट्न प्रयोग गरेका हुन् ।...
नेपालको हितविपरीत छ पोष्टबहादुर बोगटी, उपाध्यक्ष, एनेकपा माओवादी सम्झौताका लागि भारतीय पक्षले झण्डै दुई महिनाअघि ड्राफ्ट पठाएको रहेछ । जुनकुरा सरकार र उर्जा मन्त्रालयले मुलुकलाई यति लामो समयसम्म गुमराहमा राख्ने काम गरेको पाइयो । त्यसले केही गम्भीर आशंका पैदा गरेका छन् । लुकाएर राखिएको...
काठमाण्डु, ५ साउन– निर्वाचन अध्ययन अनुसन्धान सुझाव संसदीय विशेष समितिले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली सम्बन्धमा छानबिन थालेको छ । समितिको सोमबारको बैठकमा धाँधलीसम्बन्धी उजुरीबारे विषयमा छलफल भएको हो । एमाओवादीसहितका दलले निर्वाचनमा धाँधली भएको भन्दै छानबिन माग गरेपछि अध्ययनका...
काठमाण्डु , ५ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज उपमहानगरपालिकामा कार्यरत नायब सुब्बाले बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नायब सुब्बा किशोर सिंह राजपूतले बढुवाका लागि पेस गरेको विहार...
काठमाण्डु , ५ साउन – दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका विषयसँग राष्ट्रिय सहमति नजुटाइकन सम्झौता गर्न नहुनेमा एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेताले जोड दिएका छन् । जनसञ्चार अभियानले सोमबार राजधानीमा गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि राष्ट्रिय सरोकारलाई विशेष ख्याल गरेर...
कञ्चनपुर, ५ साउन – जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका छन् । बेलौरी नगरपालिका–७ का मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।...
काठमाण्डु , ५ साउन – उर्जामन्त्री राधा ज्ञावलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु अघि नै भारतसँग विद्युत ब्यापार सम्झौता हुने ठोकुवा गरेकी छिन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री सुशील कोइराला नेपाल फर्किने वित्तिकै बस्ने मन्त्री परिषदको बैठकले...
विराटनगर, ५ साउन – सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले मुख्य सचिवको परिवर्तनको हल्ला निराधार रहेकोे स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँगको भेटघाटका क्रममा उनले प्रधानमन्त्री अमेरिकाबाट उपचार गराएर भोलि साँझसम्म काठमाण्डु फर्कंने जानकारी दिए । संविधान बनाउन धेरै समय बाँकी नरहेको...
काठमाण्डु, ५ साउन– संवैधानिक राजनीतिक तथा संवाद समितिले विघटित संविधानसभाको समिति र उपसमतिहरुले कायम गरेको विषयसँग सम्बन्धित ११ वटा विषयमा आज सहमति कायम गरेको छ । समितिको सोमबार बसेको बैठकले दलहरुबीच विगतमा भएका सहमतिको स्वामित्व लिने प्रक्रिया थालेको हो । बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा समितिका...