काठमाण्डु, ५ साउन– निर्वाचन अध्ययन अनुसन्धान सुझाव संसदीय विशेष समितिले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली सम्बन्धमा छानबिन थालेको छ ।
समितिको सोमबारको बैठकमा धाँधलीसम्बन्धी उजुरीबारे विषयमा छलफल भएको हो । एमाओवादीसहितका दलले निर्वाचनमा धाँधली भएको भन्दै छानबिन माग गरेपछि अध्ययनका लागि समिति गठन भएको थियो ।
समिति सचिव जीवराज बुढाथोकीले निर्वाचन धाँधी सम्बन्धमा परेका १० वटा उजुरीबारे सदस्यहरुलाई जानकारी गराइएको बताए ।
समितिले आगामी बैठकमा धाँधली सम्बन्धमा निर्वाचन आयोगका अधिकारी, सुरक्षा निकाय, राजनीतिक दल र पर्यवेक्षक संस्थासँग जानकारी लिने निर्णय गरेको छ ।