काठमाण्डु , ५ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज उपमहानगरपालिकामा कार्यरत नायब सुब्बाले बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार नायब सुब्बा किशोर सिंह राजपूतले बढुवाका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट सन् १९९२ मा प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भन्ने प्रमाणपत्र नक्कली देखिएको हो ।
राजपूतलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।