
कञ्चनपुर, ५ साउन – जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका छन् ।
बेलौरी नगरपालिका–७ का मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।
विगत १० वर्षदेखि शोभाताल किनारामा बस्दै आएका मुक्त कमैयासँग सम्पत्तिको नाममा केही थिएन्, अहिले उनीहरू विभिन्न आयमूलक काम गरे बचत गर्न थालेपछि लाखौँका मालिक बन्न सफल भएका छन् ।
उक्त क्षेत्रमा बसोवास गर्ने २५० मुक्त कमैया परिवारसँग एक लाखदेखि ५० लाखसम्म बचत गरेका छन् । मुक्त कमैया प्रदिप चौधरीले सो क्षेत्रमा बसोवास गर्ने मुक्त कमैया विभिन्न आयमूलक काम गरी लाखौँ रुपैयाँ रकम जम्मा गरेको जानकारी दिए ।
समूहमा आबद्ध भएपछि उनीहरूले विभिन्न सङ्घ संस्थाको सहयोगमा तथा आफ्नै प्रयासमा बङ्गुरपालन, माछापालन, केराखेती, तरकारीखेती जस्ता काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।
माछापालन, केराखेती जस्ता आयमूलक कार्यमात्र होइन, दैनिक ज्यालादारी गर्न पनि उनीहरूसँग समूह छ । ज्यालादारीबाट भने उनीहरूको निजी कमाइ हुने भए पनि काममा पनि समूहमै जाने गरेको मुक्त कमैया राजु रानाले जानकारी दिए ।
मुक्त कमैयाहरूले श्री कृष्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सामूहिक रूपमा बङ्गुरपालन गरेका छन् ।
बङ्गुरपालनका लागि गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले दुई लाख तथा पशु सेवा कार्यालयबाट दुई लाख र सहकारी संस्थाको आपm्नै लगानी दुई लाख गरी छ लाखमा व्यावसायिक रूपमा सुँगुरपालन व्यवसाय सुरु गरिएको संस्थाका सचिव दीपक चौधरीले बताए ।