दोसी उम्काउन चिकित्सक हिरासतमा

काठमाण्डु टुडे २०७१ साउन ६ गते १:२७ मा प्रकाशित

काठमाण्डु, ६ साउन – आपत्कालीन गर्भपतन गराएको झन्डै एक महिनापछि एक महिलाको मृत्यु भएको विषयलाई लिएर मोरङ प्रहरीले मेरीस्टोप सेन्टर इटहरीका सिनियर मेडिकल अफिसर डाक्टर सूर्यदेव साहलाई १० दिन हिरासतमा राखेर यातना दिएपछि पीडित डाक्टरले मेडिकल काउन्सिलसँग गुहार मागेका छन् ।
छोरा नपाएकाले पतिबाट याताना सहँदै आएको भनिएकी मोरङ हरैचाकी २५ वर्षीया रीता श्रेष्ठको मृत्यु भएको प्रकरणमा माइती पक्षले भने पति पूर्णबहादुर श्रेष्ठले हत्या गरेको आरोप लगाएको छ । गत वैशाख १२ गते गर्भपतन गराएकी रीताको जेठ ३ गते मृत्यु भएको थियो ।प्रहरीले ज्यादती गरेको विषयमा मेकिडल काउन्सिलको केन्द्रीय टोलीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले भने प्रारम्भिक अनुसन्धानका क्रममा डाक्टर साह घटनामा दोषी भएको आशंकामा उनलाई पक्राउ गरेको दाबी गरेको छ । प्ररहरीले रीता एक्टोपिक प्रिगेन्सी (पाठेघर भन्दा फरक स्थानमा बच्चा बसेको)हुदाँ पनि बच्चा ननिकाली घर पठाएको भन्दै साहलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । प्रहरी उपरिक्षक विश्व पोखरेलले भने,‘प्रारम्भिक अनुसन्धानका क्रममा साहले उपचारमा लापरबाही गरेको पाइएपछि पक्रउा गरिएहो हो ।

यो अधिकार कानूनले हामीलार्य दिएको छ । रीताका बाबु गोपाल श्रेष्ठले ज्वाइँले छोरा नपाएको भन्दै कुटपिट गरेपछि आफ्नी छोरीको मृत्यु भएको बताए । रीताको दुई छोरी छन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us