समाचार

सर्पको टोकाइबाट बालकको मृत्यु

२०७१ साउन ५ गते ५:५३

वीरगन्ज, ५ साउन– बाराको गढीमाई नगरपालिका–१४ डुमरवाना टाङ्गिया बस्तीमा सर्पको डसाइबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्युभएको छ । मृत्यु हुनेमा दिनेश न्यौपानेका ९ वर्षीय छोरा बिपिन रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । घरमा सुतिरहेका बिपिनलाई सर्पले टोकेको थियो । सर्पको...

पारसलाई ठाउँ छैन निर्मल निवासमा

२०७१ साउन ५ गते ३:४०

काठमाण्डु, ५ साउन– थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपालआउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्तन्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्नेअवस्था रहेको स्रोतले बतायो। पारसको भिसा अवधि साउन २१ गते समाप्त हुनेभएकाले त्यसअघि नै...

अवैध हतियार नबुझाउनेलाई पाँच वर्ष कैद

२०७१ साउन ५ गते २:३२

काठमाण्डु, ५ साउन– सरकारले इजाजत नलिई राखिएका हतियार यो महिनाभित्र बुझाउन सार्वजनिक अपिल गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी आगामी साउन मसान्तसम्म त्यस्ता हतियार बुझाउन आग्रह गरेको हो । मुलुकका विभिन्न स्थानमा भएका आपराधिक घटनामा अवैधानिक हतियार प्रयोग भएको गुनासो बढेपछि...

महाकालीमा वर्षा रोकिएपछि विस्थापित घर फर्किए

२०७१ साउन ५ गते २:२५

काठमाण्डु, ५ साउन– महाकाली नदीमा आएको बाढीका कारण विस्थापित कञ्चनपुरका सर्वसाधारण वर्षा रोकिएपछि घर फर्कन थालेका छन् । शुक्रबार रातिदेखि अविरल परेको वर्षा आज बिहानदेखि रोकिएपछि जनजीवन सामान्य भएको हो । बाढीका कारण भीमदत्त नगरपालिकाको भुजेला र महाकाली पारिको दोधारा क्षेत्रका बासिन्दा प्रभावित भएका...

चरा नभएपछि चिडिमार समुदायको पेसा सङ्कटमा

२०७१ साउन ५ गते २:०८

नेपालगन्ज, ५ साउन– चरा समात्ने र बिक्री गर्ने पुख्र्यौली पेसा अँगाल्दै आएका बाँकेका ‘चिडिमार’ समुदायको पेशा संकटमा परेको छ । जंगलमा चरा लोप हुने अवस्था आएपछि उनीहरुको पेसा धरापमा परेको हो । वनका तित्रा, ढुकुर, बठेर, लुचिया, वनकुखुरा लगायतका चरा समात्ने र बिक्री गरी...

गुनासो सुन्न प्रहरीको नागरिक कार्यक्रम

२०७१ साउन ५ गते २:०३

महोत्तरी, ५ साउन– प्रहरीले आफ्नो काम र जनताको गुनासो सुन्नका लागि महोत्तरीको जलेश्वरमा नागरिक सुनुवाइ अभियान सुरु गरेको छ । नागरिक सुनुवाइ अभियानमा जाँडरक्सी उत्पादन र बिक्रीवितरणमा प्रतिबन्ध लगाउन स्थानीयले प्रहरीसँग अनुरोध गरेका थिए । शान्तिसुरक्षा बहाल लागुऔषध गाँजा तस्करी नियन्त्रण र प्रहरी जनता...

भारतसँग हतारमा जलश्रोत सम्झौता नगर्न एमाओवादीको आग्रह

२०७१ साउन ४ गते १५:४१

काठमाण्डु, ४ साउन– एकीकृत माओवादीले जलविद्युत्लगायत राष्ट्रलाई दीर्घकालीन असर पर्ने विषयमा राष्ट्रिय सहमति कायम गरेर मात्र प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समितिबैठकले भारत सरकारसँग गरिन लागेको विद्युत् व्यापार सम्झौतालगायतका विषयमा सर्वपक्षीय सहमतिको आवश्यकता रहेकोमा...

विद्यार्थीले बनाए २२ हजार पुस्तक खरानी

२०७१ साउन ४ गते १५:२८

काठमाण्डु, ४– काठमाण्डुको त्रिचन्द्र क्याम्पसको हातामा रहेको बीपी पुस्तकालय आगजनीका कारण भएको छ । आगलागीका कारण पुस्तकालयमा रहेका २२ हजार पुस्तक खरानी भएको छ । आफ्ना कार्यकर्तामाथि काँग्रेस सम्वद्ध नेविसंघ कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्दै एमाले सम्वद्ध अनेरास्ववियुका कार्यकर्ताले पुस्तकालयमा आगजनी गरेका हुन् ।...

एउटै ओछ्यानमा सुत्दा खुट्टा लाग्छ: ओली

२०७१ साउन ४ गते १५:१०

काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका दौरानमा भएका तीतामीठा बिर्सन आग्रह गरेका छन् । राजधानीको तिनकुनेस्थित एक होटलमा लञ्च बैठक डाकेर ओलीले विगत बिर्सिएर एकताबद्ध हुन आग्रह गरेका हुन् । उनले महाधिवेशनमा भएको आरोप–प्रत्यारोपलाई एउटै खाटमा सुत्दा लागेको खुट्टाको संज्ञा दिए...

एन्फा विवाद संसदमा पुग्यो

२०७१ साउन ४ गते १४:५३

काठमाण्डु, ४ साउन– व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षो लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो । खेलाडीको वृत्ति...

जलश्रोत सम्झौताको तयारीले स्तब्ध भएका छौ: वैद्य

२०७१ साउन ४ गते १४:४९

काठमाण्डु, ४ साउन– नेकपा–माओवादीले नेपाल र भारतबीच भारतको एकाधिपत्य कायम हुने गरी जलश्रोत विकाससम्बन्धी सम्झौताको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष मोहन वैद्यद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा निर्यातमुखी पिडीए सम्झौताको तयारी भइरहेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली स्तब्ध भएको उल्लेख छ । उनले...

चुस्त न्याय सम्पादनका लागि पूर्वाधार जरुरी : प्रधानन्यायाधीश

२०७१ साउन ४ गते १३:०७

डडेल्धुरा, ४ साउन – प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले पूर्वाधारको विकासबिना न्याय सम्पादन चुस्त हुननसक्ने बताएका छन् । जिल्ला अदालत डडेल्धुराको आइतबार निरीक्षणपछि प्रधानन्यायाधीश शर्माले पछिल्लो समय न्याय सम्पादनलाई छिटोछरितो बनाउने प्रयास गरिएको दाबी गरे । उनले सर्वोच्च अदालतको रणनीतिक योजनाले पूर्वाधार विकासमा प्राथमिकता दिएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us