एन्फा विवाद संसदमा पुग्यो

काठमाण्डु टुडे २०७१ साउन ४ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, ४ साउन– व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षो लेखापरीक्षणको कागजात तीन दिनभित्र ganesh thapaपेस गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

खेलाडीको वृत्ति विकासका लागि कतारले उपलब्ध गराएको एक लाख अमेरिकी डलर अनियमितता भएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको भन्ने गुनासो आम रूपमा आएपछि लेखाले सो विषयमा छानबिन गरेको हो ।

कतारका फुटबल अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा आएको र सो रकममा व्यापक अनियमितता भएको भन्दै सङ्घका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारीले लेखा समितिमा निवेदन दिएका थिए ।”

आज हामीले पाँच वर्षो सम्पूर्ण कागजात र हिसाब किताब मागेका छौँ, अनियमितता भएको भन्ने सन्दर्भमा व्यापक छानबिन हुन्छ,” लेखा समितिका सदस्य धनराज गुरुङले बताए । तर अध्यक्ष थापाले भने हमामले उपलब्ध गराएको रकम व्यापार-व्यवसायका लागि उपलब्ध गराएको दाबी गर्दै आएका छन् ।

“कुनै पनि र्सार्वजनिक निकायमा रहेका व्यक्तिमाथि उजुरी परिसकेपछि त्यसको चित्तबुझदो जवाफ दिनुपर्छ, नातागोता भनेर थापाको विषयमा पनि पन्छिन् मिल्दैन र हुँदैन, हामी सार्वभौम जनप्रतिनिधि भएका कारण तथ्यमा रहेर छानबिन गर्र्छौं, सत्य पत्ता लगाउँछौँ,” सभासद् गुरुङले भने, “खेलाडीका लागि भनेर आएको पैसा अन्यत्र खर्च गर्न पाइँदैन, यो भ्रष्टाचार ठहर्छ ।”

समितिको अर्को बैठक यही साउन ११ गते बस्नेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us